दफा ७
क्षतिपूर्ति दिने
यस ऐन अन्तर्गत कुनै सम्पत्ति अधिग्रहण गरिएमा नेपाल सरकारले क्षतिपूर्ति
दिनेछ र दफा ८ मा तोकिएको सिद्धान्त अनुसार सो क्षतिपूर्तिको मूल्याङ्कन गरिनेछ ।
तर धनीले नेपालको नागरिक रही नेपाल राज्यबाहिर साधारणतः बसोबास गर्ने गरेको छ
वा आफना चल सम्पत्तिको अधिकांश भाग नेपाल राज्य बाहिर लगाएको छ भन्ने नेपाल
सरकारको चित्तमा लागेमा वा विचार भएमा त्यस्ता धनीलाई कुनै क्षतिपूर्ति दिइने छैन ।